यसरी कमाउनुहाेस युट्युबाट पैसा ?


विश्व चर्चित सामाजीक संजाल युट्व भिडियाेकाे लागी हामीमाझ परिचित छ । यसमा हामी भिडियाे राख्न र अरूले राखेकाे भिडियाे हेर्ने गर्छाै ।

हामीले राखेकाे भिडियाे अरूले हेर्दा हामीले पैसा प्राप्त गर्न सक्छाै वा अरूकाे भिडियाे हामीले हर्दा उनिहरूले पैसा प्राप्त गर्दछन ।

विज्ञापन एजेन्सीहरूले युट्युवमा दिएकाे विज्ञापन हामीले राखेकाे भिडियाेमा देखा पर्छ वा अरूकाे भिडियाे हेर्दा त्यहाँ आउने विज्ञापनबाट एजेन्सीले युट्युवलाइ र युट्युवले हामीलाइ भुक्तानी गर्दछ ।

यसका लागी भने केहि नियमहरू भने पालना गर्नुपर्छ । जस्तै कसैको सम्पत्ति, रचना चोरी गरी भिडियो तस्विर अडियाे राख्न पाइदैन । यस्ताे गरेमा तपाइकाे भिडियाे र युट्युव च्यानल बन्द पनि हुन सक्ने छ ।

त्यस्तै भयावह दृष्य, अश्लिल समाग्री, समाजमा नकारात्मक असर पार्ने, हिंसात्मक जस्ता भिडियाे राखेमा पनि तपाइकाे च्यानल बन्द हुन सक्छ ।

कसरी आउछ पैसा ?

युट्युवकाे नियम अनुसार तपाइकाे च्यानलमा हालकाे नियमानुसार १ हजार सब्सक्राइवर हुनु पर्नेछ ।

तपाइले अपलाेड गर्नु भएकाे भिडियाेहरू (सबै जाेडेर) १ वर्ष भित्र ४ हजार घण्टा हेरिएकाे हुनु पर्नेछ । र तपाइकाे भिडियाेमा कसैले रिपाेर्ट गरेकाे वा तपाइले अपलाेड गरेकाे भिडियाे मेराे हाे भनेर
आधिकारीक रूपमा क्लेम भएकाे हुनु हुदैन ।

जब तपाइकाे नियम अनुसार माथिकाे बिषय पुग्छ तब आफ्ने युट्युवकाे भिडियाे स्टुडियाेमा तपाइकाे च्यानल माेनिटाइजका लागी याेग्य भएकाे देखिनेछ । तब तपाइ माेनिटाइजका लागी अप्लाइ गर्न सक्नुहुनेछ ।

यसका लागी तपाइले सानाे फर्म त्यहि नै भर्न सक्नुहुनेछ ।

भिडियाे भिउजका आधारमा तपाइले कति पैसा कमाउनु भयाे, कुन कुन देशबाट हेरीयाे सबै सेटिङमा गएर हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार