करन राईको डेब्यु गीत ‘चप्पल’ सार्वजनिक (भिडियो )


फागुन, काठमाडौं ।  नव गायक करन राईले आफ्नो डेब्यु म्युजिक भिडियो ‘चप्पल’ सार्वजनिक गरेका छन ।

भनिन्छ जिन्दगी भन्नु सम्झनाको एक माला हो । बाल्यकालमा नयाँ चप्पल लाउन पाउनुको खुशी बेग्लै हुन्थ्यो । बाल्यकालको मिठो स्मृतिलाई समावेश गरेर थिम्याटिक भर्सनमा लेखिएको यस गीतमा स्वर करन राईको रहेको छ । गीतमा शब्द र संगीत सौरभ तिमसिनाको रहेको छ । गीतको संगीत संयोजन राजन इशानले गरेका हुन्।

म्युजिक भिडियोमा एलिशा राई , निराजन प्रधान , अन्जली अधिकारी र सागर लम्सालको अभिनय रहेको छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन् । माइ वे ग्रिल एण्ड बारकोले निर्माण गरेको भिडियोलाई राजिव समरले निर्देशन गरेका हुन् ।

मोरङ जिल्ला घर भै विगत ५ वर्ष देखि अमेरिकामा बस्दै आएका गायक करन राई नेपाली गीत संगीतमा आफ्नो भविष्य खोज्दै अघि बढ्ने कोसिसमा छन ।


प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार