नेपालकाे हारसंगै उपविजेता पदक खोसियो


१२ साउन, काठमाडौं । आइतबार भएको खेलमा नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै सिंगापुरले एसिया फाइनलको उपाधि जितेसंगै नेपालको टी-२० विश्वकप यात्रा याे सिजनलाई समाप्त भएकाे छ  ।

 औषत सुरुवात गरेको नेपालका कप्तान पारस खड्का व्यक्तिगत १२ रनमा आउट भए । ज्ञानेन्द्र मल्लले २१ बलमा ३९ रन बनाए ।

उपकप्तान मल्ल  आउट भएपछि नेपाल सम्हालिनै सकेन । एकपछि अर्को विकेट गुमाइरहृयो ।

उपविजेताको पदक खोसियो

नेपालले पाएकाे  उपविजेताको पदक पनि  खोसिएकाे छ ।

आयोजकले सुरुमा नेपाललाई उपविजेता घोषणा गर्दै सबै खेलाडीलाई मेडल लगाइदियो ।  त्यसपछि विजेता सिंगापुरका खेलाडीहरुलाई मेडल दिइयो । सिंगापुरका खेलाडीहरुले ट्रफी उचाले ।

जब नेपाललाई उपविजेताको ट्रफी दिने बेला आयो, नेपाली खेलाडीहरुले घाँटीमा लगाएको मेडल पनि खोसियो । समान ४-४ अंक भएपनि कतार रन रेटका आधारमा अगाडि रहेकाले नेपाल तेस्रो भएको घोषणा गरियो ।

प्रतियोगिताको उपविजेता कतार नै हो । तर सुरुमा हतारमा नेपाललाई उपविजेता घोषणा गर्दै खेलाडीलाई मेडल लगाउनु आयोजकको गल्ती थियो ।

आयोजकले गल्ती विश्वकपको ग्लोबल छनोटमा पुग्न नसकेको पीडामा रहेका नेपाली खेलाडीहरुलाई आलो घाउमा नुनचुक छरे जस्तै सावित भयो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार