सरोजनारायण सिंह मारिएको घटनाको संसदीय छानबिनको माग


१३ साउन, काठमाडौं । सर्लाहीको सडक प्रदर्शनको क्रममा सरोजनारायण सिंह मारिएको घटनाको संसदीय छानबिनको माग गर्दै राजपाले संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ ।

विप्लव समूहका नेता कुमार पौडेल र सरोजनारायण सिंह मारिएको घटनाको छानविन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपाले यसअघि पनि संयुक्त रुपमा संसदमा अवरोध गरेका थिए ।

राजपाका नेता राजकिशोर यादवले आफूहरुले उठाएका मागको विषयमा आजसम्म कुनै प्रगति नभएकाले संसद बैठक चल्न नदिने चेतावनी दिएका छन ।

प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो एक बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार