नेपाली क्रिकेट टिम आज राति स्वदेश फर्किंदै


१३ साउन, काठमाडौं ।  नेपाली क्रिकेट टिम आज स्वदेश फर्किंदै छ ।

टी–२० विश्वकप छनोटको एसिया फाइनल राउण्डमा सहभागिता जनाएर नेपाली क्रिकेट टिम स्वदेश फर्किदै छ ।

 नेपाली क्रिकेट टिम आज राति १० बजेर ३० मिनेटमा स्वदेश फर्कन लागेको हो । मलेसियन एयरलाइन्सबाट टिम नेपाल स्वदेश फर्किदै छ ।

आफ्नो अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना चकनाचुर भएको थियो । प्रतियोगितामा नेपालले तेस्रो स्थान हासिल गर्‍यो ।

सम्बन्धित समाचार