नेपाल र सिंगापुरबीचको खेल रद्ध


२३ फागुन, काठमाडौं । थाइल्याण्डमा भइरहेको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुरबीचको खेल रद्ध भएको छ ।

बिहान सवा ८ बजेदेखि सुरु हुनुपर्ने खेल पानी परेर मैदान खेल्न योग्य नभएपछि टस नै नभइ अन्तिममा खेल नै रद्द गरिएको हाे । खेल रद्द भएसँगै दुवै टिमले एक–एक अङ्क पाएका छन् ।

सिङ्गापुर सात अङ्कसहित शीर्ष स्थनमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ । तालिकाकाे शीर्ष दुई टिमले एसिया कप छनोटका लागि स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार