वीर गणेशमान सिंह दौड प्रतियोगिता सम्पन्न, उपाधि गोपीचन्द्र र सन्तोषीलाई


२४ फागुन, काठमाडौं ।वीर गणेशमान सिंह दौड प्रतियोगिता सम्पन्न भएकाे छ ।

साग स्वर्णधारी सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले वीर गणेशमान सिंह एडिडास टेन–के दौड प्रतियोगिताको उपाधि जितेका छन् । दरबारमार्गमा शनिबार सम्पन्न प्रतियोगितामा महिलातर्फ सन्तोषी र पुरुषतर्फ गोपीचन्द्र च्याम्पियन बनेका हुन् ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जितेका सन्तोषीले निर्धारित दुरी ३९ मिनेट १०.९८ सेकेण्डमा पुरा गरिन् ।

महिला तर्फ दोस्रो भएकी बिन्द्रा श्रेष्ठले ४० मिनेट ११.२९ सेकेण्डमा को समयसहित दोस्रो भइन् । ४० मिनेट ५८.११ सेकेण्डसहित एपिएफकी फूलमती राना तेस्रो भइन् । यस्तै, महिलातर्फ बिर्सना कुमाल चौंथो, रेखा बिष्ट पाँचौं भइन् ।

पुरुषतर्फ सागकै स्वर्णधारी गोपीले निर्धारित दुरी ३२ मिनेट ०१.२ सेकेण्ड समय पुरा गर्दै उपाधि हात पारे । यस्तै, एपिएफकै खिमबहादुर खत्रीले ३४ मिनेट ३५ सेकेण्डमा परा गर्दै दोस्रो भए ।

३४ मिनेट ३५.१ सेकेण्डमा दुरी पार गरेका नरेश बुढा तेस्रो भए । पुरुषतर्फ श्रीकेश राई, अविशेक पाँचकोटीले शीर्ष पाँच भित्र पर्दै पुरा गरे ।

पहिलो भएका सन्तोषी र गोपीले जनही ६० हजार प्राप्त गरे । यसैगरी, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौले ५ हजार प्राप्त गरे । छैटौं देखि दशौँसम्मलाई समान ४ र ४ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

दौड एडिडास शोरुम दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक,रत्नपार्क, भद्रकाली,शहीदगेट, वीर हस्पिटल, भोटाहिटी, राजदरबार संग्राहलय दक्षिणगेट, केशरमहल,लैनचौर, लाजिम्पाट, महाराजगन्ज,शिवपुरी स्कुल,बालुवाटार, भाटभटेनी,टंगाल, वालमन्दिर,पुलिस हेडक्वाटर,गौरीधारा,राजदरबार उत्तर पूर्वमोड,नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुन एडिडास शोरूम दरबारमार्गमा आएर टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार