बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु


१३ साउन, काठमाडौं । पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

स्कुल विभाग गठनका सम्बन्धमा कुरा नमिल्दा सचिवालय बैठक पटकपटक स्थगित भएको थियो ।

पार्टीको स्कुल विभाग प्रमुखमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का सचिवालय सदस्य ईश्वर पोखरेलमध्ये कसलाई दिने भन्नेमा कुरा नमिल्दा सचिवालय बैठक स्थगित भएको थियो ।

स्कुल विभाग प्रमुखमा भने नेकपाका नेता झलनाथ खनाल, धनश्याम भुसाल, बेदुराम भुसाल र राम कार्कीसमेतको जिकिर छ  । 

सम्बन्धित समाचार