अबैध हतियारसहित एक जना पक्राउ


२९ फागुन, काठमाडौं ।सिराह प्रहरीले अबैध हतियारसहित एक जनालाइ पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका-२१ मल्हनिया प्रदिप कुमार साह रहेका छन ।

उनकाे साथबाट प्रहरीले एक थान कटुवा पेस्ताेल र एक थान गाेली बरामद भएकाे
जिल्ला प्रहरी सिरहाले जानकारी दिएकाे छ ।

उनलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार