वुहानमा अमेरिकी सेनाले कोरोना भाइरसको संक्रमण फैलाएको चीनको दाबी


३० फागुन, काठमाडौं ।  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले चीनमा कोरोना भाइरस कोभिड-१९ को कारक अमेरिकी सेना भएको बताएका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सेनाले हुबेईको वुहानमा कोरोना भाइरस भित्र्याएको आरोप लगाएका हुन् ।

“मैले विश्वास गरेका धेरै कुराहरु एकाएक आश्चार्यजनक तरिकाले परिवर्तन भएका छन्,” उनको आधिकारीक ट्विटमा लेखिएको छ । तर, बेइजिङस्थित अमेरिकी दूतावासले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । 

अमेरिकी सेना गत अक्टोबरमा अन्तर्राष्ट्रिय सैनिक विश्व खेलकुदका लागि वुहानमा गएको थियो । उक्त कुरालाई जोड्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता यस्तो आरोप लगाएका हुन् । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार