प्रतिबन्धित लागुऔषधसहित २ भारतीय र १ नेपाली नागरीक पक्राउ


२ चैत्र, काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित २ जना भारतीय नागरीक र १ जना नेपाली नागरीक पक्राउ परेका छन ।

पक्राउ पर्नेमा काभ्रेका उद्धव आचार्य, भारत विहारका विशाल कुमार र राम विकास कुमार रहेकाे पर्सा प्रहरीले जानकारी दिएकाे छ ।

उनिहरूकाे साथबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ईन्जेक्सन डाईजेपाम ४०० पिस, नुर्फिन ४०० पिस र फेनरगन ४०० पिस र माेटरसाइकल बरामद गरेकाे छ ।

जिल्ला प्रहरी कार्यलय पर्साका अनुसार उनिहरूले आचार्यलाई उक्त परिणामकाे लागुऔषध बिक्री वितरण गरिरहेकाे अवस्थामा उनिहरूलाइ विरगंज महानगरपालिका वडा नंवर १६ नगवाबाट पक्राउ गरिएकाे हाे ।

उनिहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार