स्पेनिस फुटबल प्रशिक्षकको कोभिड-१९ बाट मृत्यु


४ चैत, काठमाडौं । स्पेनिस फुटबल प्रशिक्षक फ्रान्सिस्को ग्रासियाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

ग्रासिया मलागाको एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमका प्रशिक्षक थिए ।

उनमा भाइरस संक्रमणका गम्भीर लक्षण देखिएपछि अस्पताल लगिएको थियो ।

केही दिनको उपचारपछि आइतबार उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार