तीन अमेरिकी पत्रकारलाई देश निकाला गर्ने चीनकाे घोषणा


५ चैत, काठमाडौं । चीनले तीन अमेरिकी मिडियाका पत्रकारलाई दिएको अनुमतिपत्र फिर्ता गर्न र देश निकाला गर्ने घोषणा गरेको छ । 

अमेरिका-चीनबीच कोरोना भाइरसको संक्रमणका विषयमा विवाद बढेपछि मंगलबार चीनले तीन अमेरिकी मिडिया न्युयोर्क टाइम्स, वाशिङ्‍टन पोस्ट र वाल स्ट्रिट जर्नलका पत्रकारलाई सन् २०२० को अन्तिमसम्म प्रेस अनुमतिको म्याद हुनेहरुले १० दिनभित्र आफ्नो अनुमतिपत्र फिर्ता गर्न निर्देशन जारी गरेको हो ।

भिसा अवधि सन् २०२० मा सकिने भए ती पत्रकारले १० दिनभित्र चीनले दिएको प्रेस मान्यता फिर्ता गरिसक्नु पर्नेछ। चीनले पछिल्ला वर्ष १२ महिनाका लागि विदेशी पत्रकारलाई भिसा दिने गरेको छ। 

निष्कासित हुने पत्रकारले चीन तथा मकाउ, हङकङ लगायतबाट समेत रिपोर्टिङ गर्न पाउने छैनन्।

यसअघि सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्‍वभर आतंक फैलाइरहेको नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ लाई ‘चिनियाँ भाइरस’ को संज्ञा दिएपछि चीन आक्रोशित बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार