भारतमा कोरोना आशंका गरिएका बिरामीले गरे आत्महत्या


६ चैत, एजेन्सी । भारतकाे दिल्ली सफरजंग अस्पतालमा कोरोना भाइरस(कोविड–१९)कोरोना आशंका गरिएका बिरामीले आत्महत्या गरेका छन्।

हालै अस्ट्रेलियाबाट फर्केका ३५ वर्षीय युवकले अस्पतालको सातौ तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

हिन्दुस्तान टाइम्सले लेखेको छ- मृतकका नमूनाहरू कोरोना भाइरस परीक्षणको लागि पठाइएको थियो तर परिणाम अहिलेसम्म उपलब्ध छैन्।

उनको परिवारले उनलाई एयरपोर्टमा भेटे र उनी उनीहरूसँग अस्पताल आएका थिए। प्रहरीले उनीहरूको मृत्युको बारेमा परिवारलाई जानकारी गराएको छ र पोष्टमार्टमको रिपोर्ट आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार