वुहानमा कोरोनाको संक्रमण शून्य


६ चैत, एजेन्सी । गत डिसेम्बरको अन्तिम सातादेखि देखापरेको संक्रमणले हायलकायल बनाएको वुहानमा बुधबार शून्य संक्रमण देखिएको छ ।  डिसेम्बरको अन्तिम सातादेखि कोरोनाविरुद्ध लडेको चीनले संक्रमण शून्यमा झारेको दाबि गरेको छ ।

मंगलबार १३ को ज्यान गएको भएपनि बुधबार संक्रमणका कारण कसैको पनि ज्यान नगएको बताइएको छ ।

वुहानमा बुधबार देखि कोरोनाको संक्रमण शून्य देखिएको हो । हुवेई प्रान्तको स्वास्थ्य विभागलाई उद्धृत गर्दै सिन्ह्वाले बुधबार वुहानका कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको जनाएको हो।

चीनले मृत्युदर पनि शून्यमा झारेको वर्ल्डओमिटर्सका ले बताएको छ। कोरोनाका कारण चीनमा३ हजार २ सय ३७ को ज्यान गएको छ भने ८० हजार ८ सय ८९ मानिस संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार