ताेलामा ५ सय रूपैयाँ बढ्याे सुनकाे भाउ


७ चैत, काठमाडौं । आज शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेकाे छ ।

हिजाे बिहीबार ताेलामा १ हजार ५ सय घटेर ७५ हजारमा काराेबार भएकाे छापावाल सुन आज ७५ हजार ५ सय रूपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै तेजावी सुनकाे भाउ ७५ हजार २ सय रूपैयाँ पुगेकाे छ । हिजाे तेजावी सुनकाे मुल्य प्रति ताेला ७४ हजार ७ सय रहेकाे थियाे।

आज शुक्रबार चाँदी प्रतिताेला ७ सयमा कारेबार भइरहेकाे छ । बिहीबार चाँदी ताेलाकाे ६ सय ८० रूपैयाँ रहेकाे थियाे । 

डलरको भाउ अहिलेसम्मकै महँगो

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार