चुनाव स्थगित गरिएको भोलिपल्ट श्रीलङ्कामा ६० घण्टे कर्फ्यु आदेश


७ चैत, काठमाडौं । श्रीलंकाकाले शुक्रबार साँझदेखि देशभर कर्फ्यू जारी गर्ने घोषणा गरेको छ। 

शुक्रबार बेलुका ६ बजेदेखि आउँदो सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हाे ।

आउँदो वैशाख १३ गते तय भएको संसदीय चुनाव स्थगित गरिएको भोलिपल्ट सरकारले कर्फ्यु लगाउन आदेश जारी गरेको हो ।

पछिल्ला केही दिनमा श्रीलङ्कामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको दरमा वृद्धि देखिएको छ । पछिल्लो तीन दिनमा सङ्क्रमितको सङ्ख्या दुई गुणाले बढेको हो । 

श्रीलंकामा ६० जनामा कोरोना संक्रमण भएकोमा ३ जना उपचारपछि निको भएका र अहिले ५७ जना उपचाररात रहेका खबरमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार