चीनमा र दक्षिण कोरियामा काेराेना नियन्त्रणनजिक


१० चैत, काठमाडौ । कोरोना भेटिएको चीन नियन्त्रणतर्फ गइरहेकाे छ ।

त्यहाँ ८१ हजार ९३ जनामा कोरोना देखिएको थियो । त्यसमध्ये जम्मा ५ हजार १२० जनामा कोरोनाको संक्रमण बाँकी छ ।

चीनमा ३ हजार २७० जनाको ज्यान गएको छ भने ७२ हजार भन्दा बढी निको भएर घर फर्कीसकेका छन् ।

दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या चार हप्तायताकै कम पाइएको छ । एसियामा चीनबाहिर ठूलो मात्रामा संक्रमण देखिएको दक्षिण कोरिया संक्रमण नियन्त्रणनजिक देखिएको छ ।

पछिल्लो २४ घन्टामा दक्षिण कोरियामा ६४ जना मात्रै नयाँ संक्रमित भेटिएका छन् । योसँगै संक्रमितको कुल संख्या आठ हजार नौ सय ६१ पुगेको छ भने एक सय ११ को मृत्यु भएको छ । त्यस्तै, तीन हजार एक सय ६४ जनाको सफल उपचार भइसकेको छ । यद्यपि स्वास्थ्य अधिकारीहरूले कोरियाले अझै कोरोनाविरुद्ध ठूलो संघर्ष गर्नुपर्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार