नेपालको कोरोना परीक्षण विश्वसनीय र चित्तबुझ्दो- विश्व स्वास्थ्य सङ्गठन


११ चैत, काठमाडौं । नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरस (कोभिड १९) को परीक्षण विश्वसनीय र चित्तबुझ्दो रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । 

डब्ल्यूएचओका नेपाल प्रतिनिधि डाक्टर जोस भेन्डिलिएरले हस्ताक्षर गरेको पत्रमा नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो रहेको उल्लेख गरिएको छ । यस्तै पत्रमा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोनाविरुद्धको सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

पछिल्ला केही दिनयता विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा नदेखिनु प्रयोगशालाको गल्ती भएको भन्दै आलोचना हुँदै आएको छ । तर प्रयोगशालाले भने यस सम्बन्धमा कुनै कमी वा कमजोरी नभएको बताउँदै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार