‘लकडाउन’ उलङ्घन गर्ने २ जना बुटवलमा पक्राउ


११ चैत, काठमाडौं । ‘लकडाउन’ उलङ्घन गरेको आरोपमा बुटवल प्रहरीले २ जनालाई पक्राउ गरेको छ । 

हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई ‘लकडाउन’ उलङ्घन गरेर सडकमा होहल्ला गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएकाे छ ।

उनीहरु सवार लु २६ प ५६५२ नम्बरको स्कुटर र लु ३० प ९७०८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार