कोरोना कोषमा एनसेलको १० करोड रुपैयाँ सहयोग


१२ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ सहयोग गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका हुन ।

कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै सङ्क्रमित बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार