भारत २१ दिनका लागि ‘लकडाउन’


१२ चैत, एजेन्सी । भारत २१ दिनका लागि ‘लकडाउन’ भएकाे छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूरै देश ‘लकडाउन’ गर्ने घोषणा गरेका हुन ।

मङ्गलबार राति देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न लकडाउन गर्ने घोषणा गरेका हुन् ।

२१ दिने लामो‌ लकडाउन मङ्गलबार राति १२ बजेदेखि सुरु हुने छ । भारतले सीमा नाका बन्द गरेको छ भने अन्तर्राष्ट्रिय उडान पनि स्थगित गरेको छ ।

कोरोना भाइरसको कारण भारतमा १० जनाको ज्यान गइसकेको छ भने चार सय ९१ जना सङ्क्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार