तनहुँमा लकडाउन उल्लङ्घन गर्ने ८० सवारी साधन नियन्त्रणमा


१२ चैत, तनहुँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ८० सवारी साधनलाई विभिन्न स्थानबाट आज नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को रोकथामका लागि सरकारको आदेश नमानी सवारी सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिनुभयो । लकडाउनको पहिलो दिन हिजो ७० भन्दा बढी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अधिकारीले भन्नुभयो, “जबर्जस्ती सवारी साधन चलाउनेलाई कडा कारवाही गर्छौ ।” अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालन भने निर्वाधरूपमा भइरहेको प्रहरीले जनाएको छ ।

(रासस)

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार