टोखाबाट हतियारसहित एक जना पक्राउ


१२ चैत, काठमाडौँ । प्रहरीले हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ भण्डारीटोलमा बाह्र बोरको दुईनाले बन्दुक एक थान र सर्ट राइफल एकथानसहित स्याङ्जाका ५४ वर्षीय सूर्य ज्वारचनलाई मङ्गलबार पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जिल्ला अदालत कास्कीको आइतबारको पत्रादेशअनुसार वृत्तबाट खटिएको अनुसन्धान टोलीले ज्वारचनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका ज्वारचनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको प्रहरीले जनाएको छ ।

(रासस

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार