सरकारलाई देउवाको ११ बुँदे सुझाव


१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई ११ बुँदे ध्यानाकर्षण गराएका छन् ।

उनले २० लाख रुपैयाँसम्म ऋण लिएर व्यवसाय गरेका साना व्यवसायीका हकमा ३ महिनासम्मको ब्याज मिनाहा गर्न माग गरेका छन् भने डेरा गरी बसेका विद्यार्थीको हकमा फरक तरिकाले राहतको व्यवस्था गर्न माग गरेका छन् ।

उनले भनेका छन्, “लकडाउनले व्यवसायलाई परेको प्रत्यक्ष असरले विज्ञापनको क्षेत्रलाई सोझै आघात पुर्‍याएको छ । परिणाममा संचार माध्यमहरुले पनि त्यसको असर बेहोर्नुपर्नेछ । अतः राज्यको चौथो अंग तथा त्यसमा कार्यरत श्रमजीवी पत्रकारको हकमा अलग्गै राहत योजनाको निर्माण गर्न सरकारलाई आग्रह गर्छु ।”

“कडाइका साथ प्रवेश, परीक्षण र क्वारेन्टाइन सुनिश्चित गर्न या अन्य वैकल्पिक प्रक्रियाले तत्काल समस्या समाधान गर्न म ध्यानाकर्षण गराउँदछु,” उनले भनेका छन् ।

यस्ता छन् देउवाले दिएका ११ बुँदे सुझाव 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार