कोरोना कोषमा २ करोड जम्मा गर्ने पूर्वराजाको घोषणा


१८ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोन उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।

मंगलबार पूर्वराजाले सन्देश जारी गर्दै हिमाल कोषमार्फत २ करोड योगदान गर्ने घोषणा गरेका हुन् ।

‘आपत-विपद्को घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं,’ जारी सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार