अस्ट्रेलियामा कोभिड–१९ को सम्भावित खोपको परीक्षण


२० चैत, काठमाडौं । अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित दुई खोपको ल्याब परीक्षण सुरु गरेका छन् ।

अक्सफोर्ड यूनिभर्सिटी र अमेरिकी कम्पनी इनोभिनो फर्माक्युटिकलले बनाएको खोप जनावरमा परीक्षणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अनुमति दिएको छ ।

अस्ट्रेलियाको नेशनल साइन्सले यो खापले काम गर्छ वा गर्दैन भन्ने परीक्षण गर्नेछ । यो खोप मानिसका लागि सुरक्षित रहे–नरहेको पनि परीक्षण हुनेछ ।

वैज्ञानिकहरुकाअनुसार जुनको सुरुवातसम्ममा यो खोपको पहिलो नतिजा आइसक्छ । यो सफल भयो भने यसको फेरि क्लिनिकल परीक्षण अन्यत्र कुनै ल्याबमा गरिनेछ । यो अवधिसम्ममा विश्वभर यो भाइरसविरुद्ध धेरै खोपको परीक्षण हुन थाल्नेछन् ।

तर विशेषज्ञहरुले नियामकको परीक्षण र मापदण्डको लागि १८ महिनासम्म लाग्नसक्ने चेतावनी दिएका छन् ।

अक्सफोर्ड यूनिभर्सिटीले निर्माण गरेको खोप अर्को ल्याबबाट अर्कै जनावरमा पनि परीक्षण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार