सुनको भाउ अहिलेसम्मकै महँगो


१९ साउन, काठमाडौं । सुनको भाउ लगातार बढेकाे छ  । 

सुनको भाउ  अहिलेसम्मकै महँगो अर्थात तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गएको शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको सुनको भाउले आइतबार नयाँ कीर्तिमान बनाएको हो ।

सुन तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको हो । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार