ब्राजिलियन लिजेण्ड रोनाल्डिन्हो रिहा



२६ चैत, एजेन्सी। ब्राजिलियन लिजेण्ड रोनाल्डिन्हो पाराग्वेको जेलबाट रिहा भएका छन् ।

स्पानिस क्लब बार्सिलोनाका पूर्व फरवार्ड रोनाल्डिन्हो र उनका दाई रोबर्टो एक महिनाअघि नक्कली पासपोर्ट प्रयोग गरेको भन्दै पाराग्वेमा पक्राउ परेका थिए ।

त्यसपछि उनीहरुलाई ६ महिनाको जेल सजाय सुनाईएको थियो तर उनीहरु ३२ दिनपछि जेलमुक्त भएका हुन् ।

न्यायाधीश गुस्ताभो अमरिल्लाले मुद्दाको फैसाल नलाग्दासम्म उनीहरुलाई एक होटेलमा बस्नेगरी रिहा गरिएको बताएका छन् ।

रोनाल्डिन्हो र उनका दाजु पाराग्वेको एक क्यासिनो मालिक नेल्सन बेलोट्टीको निमन्त्रणामा त्यहाँ पुगेका थिए । उनीहरुसँग नक्कली कागजात भेटिएपछि होटलबाट उनीहरु पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार