नयाँ वर्ष २०७७ को अवसरमा एनसेलकाे आकर्षक योजना


१ वैशाख, काठमाडौं । नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले दुई आकर्षक योजनाहरु ल्याएको छ । 

योजना अनुसार विश्वका १५ देशमा प्रतिमिनेट २ रुपैयाँ ४९ पैसामा कुराकानी गर्न सकिने छ भने, १ महिनाको लागि ४ डिजिटल सेवाहरु निःशुल्क उपलब्ध गराउने भएको छ । 

यस्तै लकडाउनमा रहेका आफ्ना ग्राहकको मनोरञ्जनका लागि पनि विभिन्न भ्यालु एडेड डिजिटल सेवाहरु निःशुल्क गरेको छ । अन्तर्राष्ट्रिय कलको दरमा छुट गरिएका देशहरुमा भारत, अस्ट्रेलिया, मलेसिया, चीन, जापान, दक्षिण कोरिया, हङकङ्, सिङ्गापुर, संयुक्त अधिराज्य बेलायत, बङ्गलादेश, स्विडेन, न्यूजिल्याण्ड, रोमानिया, भुटान र इन्डोनेशिया पर्दछन् । 

ग्राहकले १७१०७ डायल गरी यो योजना अन्तर्गतको अन्तर्राष्ट्रिय कलमा छुटको फाइदा लिन सक्नेछन् । यो योजना १ महिनाको लागि मान्य रहनेछ । 

नयाँ वर्षकै अर्को योजना अन्तर्गत एनसेलले आफ्ना ग्राहकको मनोरञ्जनको लागि विभिन्न डिजिटल सेवाहरु १ महिनाको लागि निःशुल्क गरेको छ । अर्को आकर्षक डिजिटल सेवामा म्युजिक स्टेशन १ महिनासम्म निःशुल्क चलाउन सकिने सुविधा रहेको छ ।

यसैगरी यस नयाँ वर्षको योजना अन्तर्गतनै ग्राहकले अर्को डिजिटल सेवा भक्ति संगीतको पनि १ महिनासम्म निःशुल्क दिने भएको छ । उल्लेखित सबै डिजिटल सेवाहरु बैशाख ३० गते सम्म निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार