
२१ साउन, काठमाडौं । सुनको भाउ मंगलबार तोलाको ६८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो ।
सुन सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर तोलाको ६७ हजार ८ सय रुपैयाँ पुगेको थियो । गएको आइतबारदेखि नै उकालो लागेको सुनको भाउले मंगलबार पनि नयाँ कीर्तिमान बनाएको हो ।
चाँदीको भाउ भने मंगलबार घटबढ भएको छैन । चाँदी मंगलबार पनि तोलाको ७ सय ९५ रुपैयाँमा कारोबार भैहरेको छ ।
