पप्पु कन्स्ट्रक्सन र रमण कन्स्ट्रक्सन कालोसूचीमा


२१ साउन, काठमाडौं ।सार्वजनिक खरिद अनुमगन कार्यालयले दुई ठुला ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ।

हुलाकी राजमार्गमा लिएको जिम्मेवारी पूरा नगरेको भन्दै हुलाकी सडक निर्देशनालयको कालोसूचीमा राख्न सिफारिस गरेको र सोहीअनुसार खरिद अनुमनले रमण-पप्पु जेभी जनकपुर-९ लाई कुनै पनि सार्वजनिक खरिदमा तत्काल सहभागी हुन नपाउनेगरी रोक लगाएको छ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै पप्पु कन्स्ट्रक्सन र रमण कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने निर्णय गरिएको जानकारी गराएको छ।

कालोसूचीमा राख्ने प्रक्रिया अघि बढेसँगै यी दुई कम्पनीले अबको ६ महिनासम्म नयाँ ठेक्कामा भाग लिन पाउने छैनन् भने पूरानाको काममा कुनै बाधा पर्ने छैन।

६ महिनाभित्र कालोसूचीमा राख्ने निर्णय भएमा तोकिएको समयसम्म यी कम्पनी र व्यक्ती सम्बद्ध अन्य कम्पनी पनि अयोग्य हुने छन्।

सम्बन्धित समाचार