सुनकाे मुल्य बुधबार तोलामा १५ सय रुपैयाँ बढ्यो


२२ साउन, काठमाडौं । सुनको भाउ बुधबार तोलामा १५ सय रुपैयाँ बढेर सुन तोलाको ६९ हजार ५ सय रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो भाउ अहिलेसम्मकै महँगो हो । 

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस २७ डलरले बढेको छ । मंगलबार प्रति औँस १४ सय ५९ डलरमा कारोबार भएको सुनको भाउ बुधबार प्रति औँस १४ सय ८६ डलर पुगेको हो । भारत र पाकिस्तानबीच तनाव बढेर भारतीय रुपैयाँ कमजोर भएर डलर मजबुत भएपछि सुनको भाउ महँगो भएको हो । 

अहिले विश्वभरी नै अर्थतन्त्रमा समस्या बढेकाले सुनमा लगानीकर्ताको आकर्षण बढेको छ । सुनमा लगानीकर्ताको आकर्षण बढेसँगै भाउ महँगो भएको हो । यसैबीच भाउ महँगो भएपछि सुनको कारोबार ठप्प जस्तै भएको छ । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार