अल्लाहको लागि फिल्म छाडे


मुम्बई – बलिउड फिल्म ‘दंगल’ र ‘सेक्रेट सुपरस्टार’ फिल्ममा देखिएकी अभिनेत्री जायरा वसिमले आफ्नो बलिउड यात्राको अन्त्य गरेकी छन्। उनले फेसबुकमा स्ट्याटस लेख्दै धर्म र अल्लाहका लागि आफूले फिल्म क्षेत्रलाई छाड्ने निर्णय गरेको जानकारी दिएकी थिइन्।

उनले स्ट्याटसमा लेखेकी छिन्,‘ पाँच वर्ष पहिले मैले बलिउडमा पाइला राख्दा सफलता पाएको थिए। धेरै युवाहरूले मलाई रोल मोडल मान्न थालेका थिए। म कहिल्यै पनि यस्तो गर्न चाहँदैनथेँ। नयाँ जीवनशैलीलाई बुझ्दै गर्दा मलाई महशुस भयो कि म यो संसारको लागि बनेकी हैन। म अल्लाहको चरणमा आफ्नो जीनव समर्पित गर्दछु।’

उनले सफलताले जीवनलाई अझ स्वार्थी बनाउने हुँदा आत्मालाई धोका दिएर भ्रममा अगाडि बढ्न नसक्ने उल्लेख गरेकी छिन्। उनले लामो समयसम्म एक्लै लडी रहेको र आगामी दिनमा जीवनान लड्न तत्पर भएकाले आधिकारिक रूपमा फिल्म क्षेत्रबाट छुट्टिएर बस्ने घोषणा गरेको जानकारी गराएकी छिन्।

‘यात्राको सफलता तपाईंको पहिलो कदममा निर्भर हुन्छ। मैले सार्वजनिक तरिकाले यस्तो गर्नुको कारण आफ्नो पवित्र छवि निर्माण गर्न हैन, मात्र एउटा नयाँ सुरुवात गर्न चाहन्छु,’स्ट्याटसमा उनले लेखेकी छिन्।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार