फेसबुककाे ‘म्यासेन्जर रुम’, ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने


१४ वैशाख, काठमाडौं । फेसबुकले भिडियो कलसम्बन्धी नयाँ सेवा शुरु गर्न लागेको छ ।

अहिले भइरहेको भिडियो सेवाभन्दा केही फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो ।

‘म्यासेन्जर रुम’ नाम दिइएको सो नयाँ सेवामा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको छ ।

कुराकानीका लागि कुनै समय सीमा तोकिएको छैन । असिमित समयसम्म कुराकानी गर्न सकिने व्यवस्था गरिएको छ । एएनआईले जनाएअनुसार सामुहिक भिडियो कुराकानीका लागि कुनै एउटा व्यक्तिले फेसबुकमा म्यासेन्जर रुम बनाएर कुनै पनि व्यक्तिलाई कुराकानीका लागि निमन्त्रणा गर्न सक्दछ । निमन्त्रणा गर्दा फेसबुक आइडी नभएको व्यक्तिलाई पनि गर्न सकिने गराइएको छ ।

फेसबुकको दायाँ साईडबाट भित्र छिरेपछि यस्तो सेवा शुरु गर्न सकिने व्यवस्था गरिएको छ । भिडियो कुराकानीमा सुरक्षा र गोपनीयताको पूर्ण सुनिश्चितता गरिएको पनि फेसबुकले दाबी गरेको छ ।

फेसबुकको यो नयाँ सेवा ‘म्यासेन्जर रुम’ केही देशमा प्रयोग गर्न सकिनेगरी यसै हप्ता खुल्ला गरिने छ भने अन्य देशका लागि विस्तारै खुल्ला गर्ने तयारी गरिएको फेसबुकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार