टी–२० अलराउण्डरको बरियतामा पारस खड्काको छलाङ


२३ साउन, काठमाडौं । नेपालका कप्तान पारस खड्काले टी–२० अलराउण्डरको वरियतामा छलाङ मारेका छन् ।

बुधबार सार्वजनिक वसिरयता क्रममा खड्का २५ औं स्थानमा छन् । यसअघि खड्का ३९ औं नम्बरमा थिए ।

खड्काले भारतीय खेलाडी सुरेश रैनालाई समेत पछि परे ।

खड्काले अलराउण्डरतर्फ रासिद खान, डेविड विले, क्रिस मोरीस, जोय रुट, क्रिस गेल, किरोन पोलार्ड, बेन स्टोक्सजस्ता अन्तर्राष्ट्रिय खेलाडीलाई पछि पारे ।

अलराउण्डरमा उत्कृष्ट ५० भित्र पारस पहिलो पटक परेका हुन् । 

अलराउण्डरको पहिलो स्थानमा ग्लेन म्याक्सवेल छन् भने दोस्रो स्थानमा शकिब अल हसन ।

टी–२० ब्याटिङमा खड्का ६६औं स्थानमा उक्लिएका छन् । जबकी महेन्द्रसिंह धोनी ६७औं स्थानमा छन् । विस्फोटक ब्याट्सम्यान क्रिस गेल ७३औं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार