पेन्टागनले सार्वजनिक गर्‍याे युएफओकाे भिडियाे


१६ वैशाख, काठमाडौं । अमेरिकाको पेन्टागनस्थित रक्षा विभाग मूख्यालयले पहिलोपटक अज्ञात उडान तस्तर (युएफओ) का तीनवटा छाेटाे भिडियो सार्वजनिक गरेको छ।

सिएनएनका अनुसार भिडियोहरुमा अज्ञात हवाई गतिविधी देखिएका छन् ।  इन्फ्रारेड क्यामेराबाट खिचिएको सो दृश्यमा एक अज्ञात वाहन निकै दु्रतगतिमा हुत्तिएको देखिन्छ।

युएफओको दृश्य सार्वजनिक भएपछि अमेरिकी नौसेनाले गत सेप्टेम्बरदेखि नै यसको वास्तविकता पुष्टि गर्न खोजिरहेको थियो।  

पेन्टागनले अहिले ती भिडियो आधिकारिक रुपमै सार्वजनिक गरेको सीएनएनले जनाएको छ। यसअघि नै एक निजी कम्पनीले यो फुटेज सार्वजनिक गरेपनि युएफओ नै भेटिएको भन्ने आधिकारिक पुष्टि हुन सकेको थिएन।


प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार