ट्याङकरमा लागू औषध ओसार पसार, दुई जना पक्राउ


१८ वैशाख, काठमाडौं । रक्सौल तर्फबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ३ ख ६४६६ नं. को डिजेल लोड रहेको ट्याङकरबाट प्रहरीले लागू औषध बरामद गरेकाे छ ।

बुधबार रक्सौल तर्फबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ३ ख ६४६६ नं. को डिजेल लोड रहेको ट्याङकरबाट प्रहरीले लागू औषध बरामद गरेकाे हाे ।

ट्याङकरको तेल निकाल्ने लकिङ बक्समा लुकाई छिपाई ल्याएको १०० एम एलकाे १५५ वटा विनक्राइस बरमाद भएकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।

पक्राउ पर्नेमा ट्याङकर चालक मान बहादुर थोकर र सेते लामा रहेकाे प्रहरी जानकारी दिएकाे छ ।

उनिहरूलाई नियन्त्रणमा लिई आवश्वयक अनुसन्धान भईरहेको प्रहरीले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार