‘अमेरिकन आइडल’ को शीर्ष १० मा पुगे दिवेश पोख्रेल


२२ वैशाख, काठमाडौं । नेपाली गायक दिवेश पोखरेल ‘अमेरिकन आइडल २०२०’को शीर्ष १० मा पुगेका छन् ।

जोन डेन्भरको ‘टेक मी होम, कन्ट्री रोड्स’ बोलको गीत गाएर उनी आइडलको १८औं सिजनमा शीर्ष १० मा पुगेका हुन् । 

दिवेशले फेसबुकमार्फत् आफू अमेरिकन आइडलको टप टेनमा पुगेको जानकारी दिँदै आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएका छन् । 

उनले धेरै उत्कृष्ट कलाकार, संगीतकार सडक र खाली हलमा गाउने र बजाउने गरेको देखेको उल्लेख गर्दै आफू यहाँसम्म आइपुग्नु ठूलो सपना पूरा भएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार