गोकर्णेश्वरमा प्रमुख प्रशासकीय अधिकृतको बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न


२२ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ।

आज नगरपालिकामा सामाजिक दुरी कायम गर्दै  सरुवा भइ जाने प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीलाइ बिदाइ गरिएको छ भने उनको ठाँउमा नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरेलाइ स्वागत गरिएकाे छ ।

नगर प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ती नेपाल, शिक्षा शाखा प्रमुख विजय चालिसे, वडा अध्यक्षहरु र कर्मचारीहरु सहित नेकपा नेता पुण्य प्रसाद चौलागाई लगायतले स्वागत गरेका थिए ।

बिदाइ हुने प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीको सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरे योजना आयोगमा कार्यरत थिए ।

नगर प्रमुख चालिसेले बिदाइ हुने प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी र नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत नरहरी आचार्यलाइ नेपाली ढाका टोपी ,डायरी सहित  मायाको चिनो द्वारा स्वागत तथा बिदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार