नेकपाको विवाद मिलाउन चीनकाे सक्रियता- किशोर नेपाल


२३ वैशाख, काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपालले नेपाल कम्युनिष्ट पार्टीको विवाद चीनले मिलाइदिएको बताएका छन् ।

रेडियो काठमाडौंमा युपी लामिछानेसँग सोमबार कुरा गर्दै नेपालले नेकपा विवादका बेला चीनको राजदुतको सक्रियता रहेको भन्दै यस्तो बताएका हुन् । वरिष्ठ पत्रकार नेपालले चीनको स्वार्थ कम्युनिष्ट पार्टी एक होस् भन्ने सदिक्षा रहेको देखिएको टिप्पणी गरे ।

यसअघि नेपालको राजनीतिमा भारतले हस्तक्षेप गर्छ भन्ने गरिएपनि चीनको पनि हस्तक्षेप पहिलैदेखि रहेको र नेकपाको विवाद मिलाउन पनि चीनले हस्तक्षेप गरेको उनले बताए ।

नेपालले सरकार जनतालाई राहत दिन असक्षम भएको भन्दै असन्तुष्टि पनि पोखे । उनले नेपालमा वास्तविक प्रजातन्त्रवादी र कम्युनिष्ट कोही पनि नरहेको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष रहेको केपी ओली ठुला कम्युनिष्ट र कांग्रेस सभापति शेरबहादुर देउवा ठुला प्रजातन्त्रवादी नरहेको बताए ।

उनले अहिलेको कोही पनि नेतृत्वसँग आफुलाई आशा नभएको पनि बताए । त्यस्तै, उनले सत्तापक्ष र प्रतिपक्षमा फरक नदेखिएको पनि बताए ।

Gepostet von Radio Kathmandu 92.1 am Montag, 4. Mai 2020

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार