उपत्यका भित्रिने नाकाहरुमा थप कडाइ


२४ वैशाख,काठमाडौं । गएको चैत ११ गतेदेखि देशभर लागू भएको बन्दाबन्दी (लकडाउन) जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णयसँगै प्रहरीले सीमानाकामा चेकजाँचमा कडाइ गरेको छ ।

विशेषगरी काठमाडौं उपत्यका भित्रिने नाकाहरुमा थप कडाइ गरिएको छ । काठमाडौं भित्रिने सवारीसाधन र मानिसहरुको संख्या बढेपछि नाकामा कडाइ गरिएको हो । नाकालाई कडाई गर्ने सरकारको निर्देशनलाई कडाईका साथ पालना गराउने प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बिना काम काठमाडौं प्रवेश गर्ने सवै सवारीसाधनलाई फर्काइएको बताए । बिभिन्न नाकाको निरिक्षण गर्ने क्रममा नागढुङ्गा पुगेका उनले सरकारको निर्देशनलाई कडाईका साथ पालना गर्ने र पास भएका गाडीलाई समेत काठमाडौ प्रवेशमा रोक लगाइएको जानकारी दिए । उनले खाधान्नको सवारी साधानमा यात्रु देखिए त्यसलाई पनि फिर्ता पठाइएको बताए ।

काठमाडौंको जनजीवनलाई सहज बनाउन जे सामग्री आवश्यक पर्छ, ती सवारी साधनमात्र भित्रिन दिने र अन्य सवारी साधनहरूलाई फर्काउने गरेको उनले बताए ।

यसअघि बुधबार बिहान काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले पनि काठमाडौँ उपत्यका भित्रिने नाकाहरु मुड्खु, नागढुङ्गा, साँखु, जगाती, भिमढुङ्गा नाकाहरूको अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार