भारतीय कम्युनिष्ट पार्टीका महासचिव विमानस्थलबाट गिरफ्तार


२४ साउन, एजेन्सी । भारतीय कम्युनिष्ट पार्टी ‘मार्क्सवादी’ का महासचिव सीताराम येचुरीलाई शुक्रबार दिउँसो जम्मू–कश्मीरको श्रीनगर विमानस्थलबाट हिरासतमा लिइएको छ ।

यसभन्दा पहिले महासचिव येचुरीले जम्मू–कश्मीरका राज्यपाल सत्यपाल मलिकलाई लेखेको पत्र ट्वीट गरेका थिए ।

उनले पत्रमा आफू र भाकपा नेता डी. राजा आफ्ना पार्टीका अस्वस्थ विधायक युसुफ तरिगामीलाई भेट्न इन्डिगो एअरलाइन्समार्फत श्रीनगर आइरहेको जानकारी गराएका थिए ।

येचुरीले भंग भएको जम्मू–कश्मीर विधानसभाका सदस्य तरिगामीको स्वास्थ्य अवस्था ठिक नभएकाले आफूहरु भेट्न आउन लागेको जानकारी गराएका थिए । 

भाकपा (मार्कस्वादी) ले शुक्रबार दिउँसो ट्वीट गर्दै श्रीनगरमा ओर्लनेबित्तिकै येचुरीलाई हिरासतमा लिइएको बताएको छ । त्यस्तै उनलाई नियन्त्रणमा लिने काम गैरकानुनी भएको भाकपाले जनाएको छ । तर समाचार संस्था एएनआईले भने येचुरीलाई केवल रोकिएको मात्रै जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार