कोरोनाको उत्पत्तिबारे अनुसन्धानमा चीनले डब्ल्यूएचओलाई सघाउने


२६ वैशाख, बीबीसी । चीनले कोरोना भाइरस (कोभिड-१९) को उत्पत्तिको विषयमा अनुसन्धानको लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओलाई सघाउने बताएको छ ।

अमेरिकाले कोरोना भाइरस चीनको प्रयोगशालामा निर्माण गरिएको छ र यसको जाँच हुनुपर्ने माग राख्दै आएको छ । उसले कोरोना भाइरसबारे पारदर्शी नबनेको र आफ्नो मुलुकमा नै यो भाइरसलाई नियन्त्रण गर्न नसकेको आरोप चीनमाथि छ ।

यद्यपि चीनले भने यी सबै आरोप अस्वीकार गर्दै आएको छ । चीनले पनि कोरोना भाइरसको उत्पत्ति चीनबाहिर नै भएको दाबी गरेको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले अमेरिका एक झुट लुकाउन अर्को झुट बोलिरहेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार