खोटाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ


२६ वैशाख, काठमाडौं । खोटाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन ।

खोटाङ हलेसी तुवाचुङ-१० का २५ बर्षीय नबिन राई हतियार सहित पक्राउ परेका हुन ।

शुक्रबार दिउँसो एक बजे ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले राईलाई एक नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

आफ्नै घर नजिकै बारीमा हतियार बोकेर बसिरहेको अवस्थामा उनि पक्राउ परेका हुन । पक्राउ परेका राई उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार