मुलुकभर क्वारेन्टाइनमा १४,५९२ जना र ३४० जना रेड जोनमा


२७ वैशाख, काठमाडौं । सरकारले मुलुकभर कोरोना परिक्षणको दायरा बढाउदै लगेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल पिसिआर किट्स प्रयाप्त रहेको भन्दै कोरोना परिक्षणको दायरा बढाउदै लगेको जनाएको हो । शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले अहिले ५० हजार भन्दा बढि पिसिआर परिक्षण किट्स रहेको बताए । उनका अनुसार १६ हजार ९ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ भने ५५ हजार ९ सय भन्दा बढिको र्यापिड बिधिबाट कोरोना परिक्षण गरिएको छ । उनले मुलुकभर क्वारेन्टाइनमा १४,५९२ जना रहेको र ३४० जना रेड जोनमा रहेको जानकारी दिए ।

प्रवक्ता देवकोटाले शनिबार भेटिएका थप कोरोना संक्रमितको उपचार सुरु गरिसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार