भारतले भन्यो – लिपुलेकमा खनिएको सडक भारतीय भूमिभित्रै पर्छ


२८ वैशाख, काठमाडौं । भारतले लिपुलेकमा खनिएको सडक भारतीय भूमि भित्रै पर्ने दावी गरेको छ। 

भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले मिडियाले उठाएका प्रश्नको जवाफ दिँदै सडक उत्ताराखण्डको पिथौरागढ जिल्लाभित्र पर्ने र उक्त सडक भारतीय भूमि भित्रै रहेको बताएका हुन्। 

भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो ।

भारतीय विदेश मन्त्रालयले शनिबार साँझ जारी गरेको वक्तव्य भनेको छ, ‘यो सडकले कैलाश मानसरोवर यात्राका तीर्थयात्रीहरुले प्रयोग गर्ने पहिलाकै बाटो पछ्याइएको छ ।’
नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको भन्दै उसले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार