८० किलो गाँजासहित महिला पक्राउ


२८ वैशाख, काठमाडौं । मकवानपुर प्रहरीले ८० किलो गाँजासहित एक जना महिलालाइ पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका वडा नं.६ बस्ने फुलमाया तामाङ रहेकी छन ।

तामाङकाे घर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा ८० किलो गाँजा बरामद भएकाे ईलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएकाे छ ।

गाँजासहित उनलाइ नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार