चीन–भारत सीमाक्षेत्रमा झडप, ११ सैनिक घाइते


२८ वैशाख, काठमाडौं । चीन–भारत सीमाक्षेत्रमा झडप दुईतर्फका सैनिकबीच झडप भएको छ ।

सिक्किमतर्फको चीन–भारत सीमाक्षेत्रमा दुईतर्फका सैनिकबीच झडप भएको हाे । झडपमा दुवैतर्फका ११ सैनिक घाइते भएका छन् ।

प्रहरी स्रोतका अनुसार, उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा शनिबार यो झडप भएको हो । समाचारमा बताइएअनुसार दुवै पक्षको बीचमा झडप र विवाद भएको थियो । जसमा चार भारतीय र सात चिनियाँ सैनिक घाइते भएका छन् ।

यस विवादलाई स्थानीय स्तरमै वार्ता गरेर टुंग्याइएको एक सैनिक अधिकारीले बताएको समाचारमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार