करेन्ट लागेर मोरङमा एक जनाको मृत्यु


२८ वैशाख, काठमाडौं । मोरङको बेलवारी नगरपालिका-९ का ३० बर्षीय दिलिप चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।

शनिवार स्थानीय दुधे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागी चौधरी घाईते भएका थिए ।

उनको उपचारको क्रममा धरानको बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा साँझ साँढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

घटना सम्बनधमा थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार